Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाध्य भएर उम्मेदवारी फिर्ता लियौं : काँग्रेस रुकुम

२०७९ असाेज २६
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमले बाध्य भएर उम्मेदवारी फिर्ता लिनु परेको जनाएको छ ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दर्ता गरेको उम्मेदवारी बुधबार फिर्ता लिएको बिषयमा एक विज्ञप्ती जारी गर्दै काँग्रेसले केन्द्रको निर्देशन अनुसार फिर्ता लिन बाध्य भएको जनाईएको छ ।

नेपाली काँग्रेसका कार्यबहाक सभापति हर्क सिं खत्रीले एक विज्ञप्ती मार्फत सो कुरा सार्वजनिक गर्नुभएको हो । विज्ञप्तीमा सत्ता गठबन्धन अनुसार देशव्यापी चुनावी गठबन्धन भएको तर रुकुम पश्चिममा गठबन्धन प्रयास सफल हुन नसकेकोले स्वस्थ प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएको उल्लेख छ । तर, केन्द्रीय गठबन्धनको भावना विपरित हुन्छ भनी उम्मेदवारी फिर्ता लिन निर्देशन आएकोले केन्द्रको बाध्यकारी निर्णयलाई स्विकार गर्दै उम्मेदवारी फिर्ता लिनुपरेको काँग्रेसले जनाएको छ ।

यस निर्णयले रुकुमेली काँग्रेस र आम मतदाताको आत्मसम्मान तथा भावनामा चोट लाग्ने कुरा जान्दाजान्दै फिर्ता लिनु परेको र उत्पन्न हुने असहज परिस्थिति प्रति गम्भिर भएको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्