Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा गठबन्धनको निर्णय नमान्नेलाई कारबाहि गर्ने चेतावनी

२०७९ असाेज २६
tribeni2

रुकुम पूर्व / सत्ता गठबन्धन दल नेपाली काङग्रेस, नेकपा माओबादी केन्द्र र समाजवादीले गठबन्धनको निर्णय नमान्नेलाई कार्वाहीको चेतावनी दिएका छन ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलको निर्णय विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई आज एक संयुक्त प्रेस बिज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।

केन्द्रीय गठबन्धन दल र जिल्लाको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेताकार्यकर्ताले उम्मेदवारी फिर्ता गर्ने अन्तिम समयसम्म पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि प्रेस विज्ञप्ति मार्फत गठबन्धन दलले कारबाहकिो चेतावनी दिएको हो ।

बुधबार साझ गठबन्धन दलमा आवद्ध नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक होमप्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति केशरमान रोका मगर र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भीउमान घर्ती मगरले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उक्त चेतावनी दिईएको हो ।

गठवन्धन दलको केन्द्रीय भावना विपरित पार्टीको निर्णयलाई अवज्ञा गरि स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुलाई सम्बन्धित पार्टी संगठनवाट निस्कासन गर्ने तथा सम्पूर्ण जिम्मेवारीवाट हटाउनुका साथै पार्टीबाट कुनै पनि प्रकारको सहयोग नगर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तीमा मौलाउदै गएको अराजकता, निरङ्कुशता र संघिय गणतन्त्र विरोधी शक्ति तर्फ सचेत हुँदै वाम लोकतान्त्रिक उम्मेदवारका लागि सम्पूर्ण शक्ति केन्द्रीत गर्न आह्वान समेत गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्