Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपद प्रतिकार्यका लागी रुकुम पूर्वमा नमुना अभ्यास

२०७९ असोज २६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा विपद प्रतिकार्यका लागी नमुना अभ्यास गरिएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित ठाँटी डाँडाँ नजिकैको सडक छेउमा नमुना अभ्यास गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजनामा सडक दुर्घटनामा परेकाहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उदेश्यले नमुना अभ्यास गरिएको हो ।

नेपाली सेनाको नरसिंह दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मको संयुक्त टोलीले उद्धारको नमूना अभ्यास गरेको हो । नरसिंह दल गणका ५ जना, नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरी बलका ४ जना गरेर नमूना अभ्यास टोलीमा १३ जनाको सहभागिता रहेको थियो ।

जुनसुकै समयमा पनि घट्न सक्ने विपदजन्य घटनामा परि घाइते भएकाहरुको उद्धार कसरी गर्न सकिन्छ भन्ने कुराको अभ्यास स्वरुप यो कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । जिल्लामा विपदमा खटिने टिम तयारी अवस्थामा रहने र त्यहि तयारी टिमलाई यो नमुना अभ्यासले पूनर्ताजकी पनि गरेको प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो ।

ग्रामीण कच्ची सडक का कारण जिल्लामा पनि विगत का तथ्यांक हेर्दा सडक दुर्घटना बढ्दो क्रममा रहेकोले यसको समस्यालाई मध्यनजर गर्दै सडक दुर्घटनामा परेर घाइते भएकालाई कसरी उद्धार, प्राथमिक उपचार गरि अस्पतालसम्म पुर्याउन सकिन्छ भन्ने कुराको जानकारी गराउन यो नमुना अभ्यास गरिएको नरसिहं दलका गणपती बाबुलाल जीसीले बताउनुभयो । सडक दुर्घटना पश्चात् घाइते हरुको समयमै उद्दार हुन नसक्दा पनि कतिको ज्यान जाने समस्यालाई न्यूनीकरण गर्न समुदाय यश सम्बन्धि जानकारी गराउने उद्बेश्यका साथ यो अभ्यास गरिएको उहाले बताउनुभयो ।

नमुना अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाच आचार्य, अनुसन्धान प्रमुख संजिव चौधरी, नेपाली सेनाका गुल्मपती बाबुलाल जिसी, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्