Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुम पश्चिमको निर्वाचन परिचालन कमिटिको बैठक

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमको निर्वाचन परिचालन कमिटिको बैठक बसेको छ । आज बिहिबार पार्टी कार्यालय बागबजारमा निर्वाचन परिचालन कमिटिको बैठक बसेको हो ।

बैठकले २०७९ मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा एमाले जनता कहाँ गएर एमालेको बिचार सिद्धान्त र नीति जनतासमक्ष पुय्राउने र जनताको भावना अनुसार काम गर्ने गरी जनता माझ जाने निर्णयका गरेको प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य तथा रुकुम इन्चार्ज तिर्था गौतम को प्रमख आतिथ्यता रहेको थियो । यस्तै सह इन्चार्ज चन्द्र बहादुर बि. क., प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा जिल्ला अध्यक्ष नन्दराम देवकोटा, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क का उम्मेदवार नारायण कुमार शाह, निर्वाचन क्षेत्र नम्बर ख का उम्मेदवार कर्ण बहादुर घर्ती र प्रदेश कमिटी सदस्य टंक ओलीको उपस्तिथि रहेको थियो ।

प्रचार विभाग प्रमुख ओलीका अनुसार आज नेकपा माओवादी र नेकपा बिप्लव को पूर्व जिल्ला कमिटि सदस्य खिम बहादुर ओलीले एमालेमा प्रवेश गर्नु भएको छ । उहाँलाइ नेकपा एमाले केन्द्रिय सदस्य तिर्था गौतम, चन्द्र वहादुर बिस्वकर्मा र जिल्ला अध्यक्ष नन्दराम देवकोटाले स्वागत गर्नु भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्