Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नापी कार्यालय रुकुम पश्चिममा भू–सूचना प्रणाली सेवा सुरु

अव घरबाटै नापी कार्यालयको सेवा लिन सकिने
२०७९ असाेज २७
tribeni2

रुकुम पश्चिम / नापी कार्यालय रुकुम पश्चिममा भू– सूचना प्रणाली (नेलिस) मार्फत सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै अब सेवाग्राहिले नापी कार्यालयको अधिकांश सेवा घरमै बसेर प्राप्त गर्न सकिने नापी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी तथा नापी सर्वेक्षक जगबिर बिष्टका अनुसार आज पहिलो आउने तीन जना सेवाग्राहिलाई नेलिस प्रणाली मार्फत सेवा दिएर उक्त प्रणाली सुरु गरिएको हो । नापी विभागले ५१ औ कार्यालयको रुपमा नापी कार्यालय रुकुम पश्चिममा उक्त सेवा सुरुवात गरेको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।

यो सेवाको www.merokitta.dos.gov.np मा गएर निवेदन दिन सकिने छ । मेरो कित्ता वेभ पेज मार्फत निवेदन दिएर अनलाईनबाटै कित्ताकाट, नक्शा प्रिन्ट, प्लट रजिष्टर उतार, फिल्डबुक उतार, जग्गा नाप जाँचको लागि रेखांकनको निवेदन लगायतको सेवा घरबाटै लिन सकिने नापी कार्यालयले जनाएको छ ।

यो प्रणाली मार्फत बैंक तथा वित्तिय सस्थाहरु, सेवाग्राहि सबैले अनलाईनबाटै सेवा लिन सक्ने बताईएको छ । यो सेवा संचालनका लागि नापी विभागबाट प्रतिनिधि आएर तालिम समेत प्रदान गरेको सूचना अधिकारी विष्टले बताउनुभयो ।

विभागीय प्रतिनिधि तथा नापी सर्वेक्षक दिनेश खत्रीले यो प्रणाली मार्फत सेवा सुरु भएपछि कार्यालयको कामलाई समेत सिधै विभागबाट अनुगमन हुने बताउनुभयो । अनलाईनबाटै सबै सेवा प्रदान हुने भएकोले भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुनपर्ने, सेवाग्राहिको फजुल खर्च नहुने, कार्यालयमा भिडभाडको अवस्था नआउने भएकोले प्रभावकारी रहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो सेवा रुकुम पश्चिमको नापी कार्यालयबाट सुरु गरिएतापनि यो ५१ औं कार्यालय रहेको खत्रीले जानकारी दिनुभयो ।

केन्द्रीय एकिकृत सरकारी सूचना केन्द्रसँग इन्ट्रानेट मार्फत कनेक्नश हुने भएकोले यो सेवा थप भरपर्दो रहेको छ । मेरो कित्तामा सेवाग्राहिले कामको राजश्व तिरेको रसिद अथावा भौचर अपलोड गरेको चार घण्टा भित्रै अनलाईबाटै सेवा दिने प्रावधान रहेको समेत विभागिय प्रतिनिधि खत्रीले बताउनुभयो ।

नापी कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गरेर यो सेवा बारेमा जानकारी समेत दिएको छ । उक्त प्रविधिको प्रयोग प्रारम्भिक चरणमा रहेको हुँदा सेवा प्रवाहमा केहि समय लाग्न सक्ने समेत कार्यालयले जानकारी दिएको छ ।

मेरो कित्ता मार्फत सेवा लिने बिधि

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्