Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वको बालुवाबजार सहित २१ घर पहिरोको जोखिममा

२०७९ असाेज २७
tribeni2

रुकुम पूर्व / रुकुमपूर्वको भूमे र सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा आएको पहिरो र बाढीका कारण २१ ओटा घर जोखिममा रहेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्वर ५ मा पर्ने बालुवाबजारसँगै रहेका ९ वटा घर, सिस्ने गाउँपालिका १ का १२ ओटा घर जोखिममा रहेका हुन् ।

लगातारको पानीसँगै आएको पहिरोले सिस्ने गाउँपालिका १ ठुलो सिस्नेका १ घर र पाखापानी टोलका ११ घर जोखिममा रहेको वडा अध्यक्ष राजबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार
असोज १९ गतेदेखि २५ गते सम्म लगातार आएको झरीको कारण वडाको ठुलो सिस्ने र पाखापानीमा रहेका १२ घर खतरामा रहेका छन् । वरिपरीबाट खोलाले जमिनको भूभाग बगाउँदै लिएपछि १२ घर पहिरोको जोखिममा रहेका छन् ।

त्यसैगरी भूमे गाउँपालिका ५ मा रहेको बालुवाबजार समेत बाढीको जोखिममा रहेको छ । बजार क्षेत्रको दुई पट्टि रहेका सानीभेरी नदि र रुकुमगाड खोलामा बढेको बाढी बजार छेउ आएर जमिनको भूभाग बगाएदै लिएको छ । यहाँका ९ ओटा घर बाढी तथा डुबानको जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् । पानी रोकिएकोले खोला कम हुँदै जाने आशामा स्थानीय रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्