Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बगरमा बिलायो आम्दानीको आाधार

आठ घट्ट बगाउँदा २४ लाखको क्षती
२०७९ असाेज २८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ सम्जेबगरमा बर्षौ देखि सञ्चालनमा रहेका पानी घट्ट बाढीले बगाएर बगरमा परिणत गरेको छ । लगातारको वर्षासँगै आएको रुकुमगाड खोलाले आठ वटा पानी घट्ट बगरमा मिसाएको हो ।

स्थानीयले दशक अघिबाट सञ्चालन गरेका पानी घट्ट यस पटकको बाढीले बगाएको वडा अध्यक्ष पूर्णबहादुर मल्लले जानकारी दिनुभयो । सञ्चार सम्पर्क समेत विच्छेद भएका कारण बेलैमा सूचना नआएकोले भर्खरै आफूले जानकारी प्राप्त गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीयका आठवटा पानी घट्ट रुकुमगाडले बगाएको छ । यसबाट करिब २४ लाख बराबरको क्षती हुनका साथै ती परिवारको आम्दानीको मुख्य श्रोत गुमेको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

पानी घट्ट सञ्चालक स्थानीय जितबहादुर कामीले असौजे झरीसँगै बढेको खोलाले परिवारको मुख्य आयश्रोत बगर बनाईदिएको बताउनुभयो । दश बर्ष भन्दा पहिलादेखि चलाउँदै आएको घट्ट रुकुमगाडले बगाएपछि आम्दानीको श्रोत खोसिएको कामीले उल्लेख गर्नुभयो । जहानछोराछोरी पाल्ने मुख्य आधार बगर बनेपछि कामीसँगै आठ परिवार चिन्तित बनेका छन् ।

रुकुमगाड खोलाको किनारैमा घट्ट सञ्चालन गर्नुभएका शेरबहादुर हमाल प्रकृतिले नै आफ्नो रोजिरोटी खोसिदिएको बताउनुहुन्छ । जीविकोपार्जनको मुख्य श्रोत आँखै अगाडि बाढीले बगाउँदा पीडा भएको उहाँको भनाई छ ।

सम्जेबगरमा रहेका पानी घट्टहरु जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ४ र ६, भूमे गाउँपालिकाको वडा नम्बर ५ का स्थानीयको पिठो पिस्ने एकमात्र स्थान हो । उक्त स्थान अहिले बगर बनेको छ ।

दैनिक अरु मानिसले पिठो पिसे बाफत एक घट्टबाट करिब तीन पाथी मकै वा गहुँ भारो उठ्ने गरेको उनीहरु बताउँछन् । परिवार पाल्ने मुख्य आधार गुमाएका यी परिवारले क्षतीपूर्तीका लागि अपिल समेत गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्