Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतदाता भेटघाट गर्न गाउँ पसे दलहरु

माओवादी निरन्तर भेटघाटमा, एमाले आजदेखि गाउँमा
२०७९ असाेज २८
tribeni2

रुकुम पश्चिम / आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका रुकुम पश्चिमका उम्मेदवार र दलहरु मतदाता भेट्न गाउँ केन्द्रित कार्यक्रममा लागेका छन् । उम्मेदवारी टुंगिएसँगै दलहरु चुनावी प्रचारको लागि गाउँ पसेका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले निर्वाचन लक्षित घरदैलो सुरु गरेको बताउनुभयो । पार्टीका उम्मेदवारहरु पहिरो चरणको घरदैलोमा निस्किएको जानकारी दिनुहुँदै संयोजक रोकाले निर्वाचनलाई लक्षित गरेर चुनावी सभाहरुको पनि तयारी हुन थालेको बताउनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा दुईवटै तहको निर्वाचनलाई लक्षित गरेर घरदैलो सुरु भएका छन् ।

प्रदेश सभा ‘क’ मा गठबन्धनका तर्फबाट उम्मेदवार महेन्द्र केसी र प्रदेश सभा ‘ख’ का उम्मेदवार राजकुमार शर्मा कार्यकर्ताहरुको साथ घरदैलोमा निस्किनु भएको छ । केसीले आठबिसकोट नगरपालिका क्षेत्रमा भेटघाट सुरु गर्नुभएको छ भने शर्माले त्रिवेणी गाउँपालिकामा भेटघाटलाई तिब्रता दिनुभएको छ ।

पार्टीका तर्फबाट घरदैलो सुरु गरेपनि गठबन्धनका तर्फबाट कसरी कार्यक्रमहरु भने तय भएका छैनन् । माओवादी केन्द्रले गठबन्धनमा रहेका दलहरु बीचमा चुनावी अभियान संचालन बारे छलफल गर्न बाँकि रहेको जनाएको छ ।

नेकपा एमालेले पनि शुक्रबारबाट चुनावी प्रचार अभियान सुरु गरेको छ । मतदाता लक्षित भेटघाट कार्यक्रमबारे निर्वाचन परिचालन समितिको बैठक बसेर गाउँ केन्द्रित कार्यक्रम तिब्रता दिईएको नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो । एमालेको नीति, विचार र सिद्धान्तलाई लिएर जनताको विचमा जाने निर्णय भएकाले गाउँ केन्द्रित भएको ओलीको भनाई छ ।

एमालेले प्रतिनिधिसभा सदस्यको लागि जिल्ला अध्यक्ष समेत रहनुभएका नन्दराम देवकोटा, प्रदेश ‘क’ मा नारायणकुमार शाह र प्रदेश सभा ‘ख’ मा कर्णबहादुर घर्तीलाई उम्मेदवार बनाएको छ ।

राप्रपाले पनि चुनावी प्रचारलाई तिव्रता दिदै घरदैलोमा लागेको प्रदेश सभा ख का उम्मेदवार निर्जल केसीले बताउनुभयो । त्यस्तै प्रतिनिधि सभामा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिनुभएका तारक केसी र राजन पाण्डेले पनि चुनाव केन्द्रित भएको बताउनुभएको छ । मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुनले घरदैलो अभियानमा लागेको जानकारी दिनुभयो ।

जिल्लामा एक प्रतिनिधि र दुई प्रदेश सभा सदस्यका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जिल्लामा सत्ता गठबन्धन, नेकपा एमाले, राप्रपा, मंगोल नेशनल अर्गनाईजेशन र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्