Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको स्मृतिग्रन्थ विमोचन

२०७९ असाेज २८
tribeni2

रुकुम पश्चिम / वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको स्मृतिग्रन्थ विमोचन गरिएको छ । रुकुम जिल्लामै पहिलो पिएचडी गर्ने व्यक्ति डा. गौतमको पहिलो स्मृति दिवसको अवसरमा स्मृतिग्रन्थ विमोचन गरिएको हो ।

वि.सं. २०११ सालमा रुकुममा जन्मिनु भएका वरिष्ठ अधिवक्ता डा. गौतमको गत वर्ष असोज २८ गतेका दिन काठमाडौमा देहावसान भएको थियो । पहिलो स्मृति दिवसको अवसरमा उहाँको स्मृतिग्रन्थ विमोचन गरिएको हो ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले उहाँकै निवासमा आयोजित एक कार्यक्रमका बीच स्मृतिग्रन्थको विमोचन गर्नुभएको हो । पुस्तक विमोचन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गौतमले डा. नवराज गौतम जिल्लामा शिक्षाको ज्योती फैलाउने महान् व्यक्तित्व भएको बताउनुभयो । शैक्षिक, कानूनी तथा समाजकि रुपमा उहाँले दिएको योगदानको उच्च कदर गरिनुपर्ने समन्वय प्रमुख गौतमले जनाउनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले स्वर्गिय डा. गौतमले बहुआयामिक व्यक्तित्व भएको र उहाँले सिकाएको पाठ जीवन्न रहिरहने उल्लेख गर्नुभयो ।

स्मृतिग्रन्थको समिक्षा गर्नुहुँदै त्रिभुवन जनता मावि मुसिकोटका प्रधानाध्यापक हरिप्रसाद खनालले स्व. डा. गौतमको जीवनी पढ्न चाहनेहरुका लागि पुस्तक महत्वपूर्ण पाठ्य सामाग्री रहेको बताउनुभयो । ३५६ पेज रहेको उक्त पुस्तकको सुरुको खण्डमा वरिष्ठ अधिवक्ता डा. गौतमले लेख तथा रचना, दोश्रो खण्डमा उहाँको बारेमा ९३ जना व्यक्तिहरुले लेखेका योगदान र सम्मरणका कुराहरु रहेका छन् । तेस्रो खण्डमा उहाँका विभिन्न प्रमाणपत्र र फोटाहरु समावेश गरिएको छ ।

कार्यक्रममा पुस्तकका प्रधानसम्पादक कमलमणि देवकोटाले डा. नवराज गौतमको योगदान पुस्तकमा उतारिएको बताउनुभयो । पुस्तकमा उहाँको जीवनी, लेखनी, सस्मरण, योगदान, शैक्षिक अवस्था लगायतका विषयहरु समाबेश गरिएको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ अधिवक्ता डा. नवराज गौतम स्मृति प्रतिष्ठान उद्घाटन

आजै वरिष्ठ अधिवक्ता डा. नवराज गौतम स्मृति प्रतिष्ठान समेत उद्घाटन गरिएको छ । स्वर्गिय डा. गौतमले सिकाएका पाठ र लगाएको बाटोबाट समाजलाई थप योगदान दिन प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठानका सचिव रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

स्व. डा. गौतमका सुपुत्र समेत रहनुभएका सचिव गौतमले प्रतिष्ठानबाट बार्षिक १० जनालाई निशुल्क कानूनी सहायता दिने, कानून तथा उच्च शिक्षा अध्ययनमा सहयोग गर्ने, विभिन्न सामाजिक गतिबिधिहरु गर्ने लक्ष्य लिईएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्