Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माथिल्लो आमडाँडामा एक महिनादेखि खानेपानी बन्द

२०७९ असाेज ३०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –८ माथिल्लो आमडाँडावासीहरु खानेपानी सुविधाबाट बञ्चित भएका छन् । यहाँका एक सय घरपरिवार करिब एक महिनादेखि खानेपानीबाट बञ्चित भएका हुन् ।
गत असोज ३ गते स्थानीय बिप्पे लेखमा रहेको जुगेपानी बिप्पे लेख सोलार पम्पिङ खानेपानी आयोजनाको मोटर बिग्रिएपछी स्थानीयवासीहरु खानेपानीबाट बञ्चित भएका हुन् । घरघर धारा भएको पानी बन्द भएपछी माथिल्लो आमडाँडाका अधिकांश उपभोक्ता अहिले एक घण्टा भन्दा टाढा रहेका पानीको मुहानबाट बोकेर पानी खान बाध्य छन् ।

घरको धारामा करिब एक महिनादेखि पानी आउन बन्द भएको वडा नम्वर ८ का पूर्व वडा अध्यक्ष शशिराम बुढाथोकीले जानकारी दिनुभयो । महिनादिनसम्म आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी सेवा बन्द हुँदा पनि वडा सरकारका प्रतिनिधिले चासो नदिएको बुढोथाकीले आरोप लगाउनुभयो । वडा सरकारलाई यस बारेमा जानकारी गराउँदा पनि चासो नदिएको स्थानीयको गुनासो रहेको छ ।

पानी तान्ने मोटर बिग्रिएर खानेपानी सेवा नपाएको भन्दै गाउँपालिकासम्म पुगेका स्थानीयहरुलाई गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले तिहार अघिसम्म मर्मत गरिसक्ने आश्वासन दिनुभएको छ । बिप्पेलेखमा पानी बन्द भएको जानकारी आफुलाई नभएकोले समयमै सेवा सुचारु गर्न नसकिएको अध्यक्ष बिष्टले बताउनुभयो ।

गाउँपालिकाबाट मोटर मर्मतको लागि आवश्यक बजेटको व्यवस्था मिलाएर नयाँ मोटर खरिद प्रकृया अघी बढाउने र घरघरमा पुनः खोनपानी सुविधा दिने खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरबिर ओलीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्