Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
लागूऔषध

लागु औषधसहित भारतीय गाडीबाट नेपाली पक्राउ

काठमाडौं २३ बैशाख ।
tribeni2

प्रहरीले धादिङको गजुरीबाट करिब ४८ किलो लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको गाडीबाट ठूलो परिमाणको चरेससहित धनगढी उपमहानगरपालिका वडा नं. ४ का काल्चे बोहोरोलाई प्रहरीले पक्राउ गरेको हो ।

गएराती करिब १ बजे गजुरी गाउपालिका वडा नम्बर १ सोतीखोलास्थित कच्ची सडक खण्डमा चेकजाँचका क्रममा लागू औषधसहित डि एल ३ सिएडी ७०८१ नम्बरको कार चालक बोहोरालाई पक्राउ गरिएको धादिङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

कारको सिटमुनि फल्स बटम बनाई लुकाई राखेको ९७८ ग्राम अफिम र ४७ किलो चरेश बरामत गरिएको हो । प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएर छानबिन अघि बढाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्