Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मंगोल नेशलन अर्गनाईजेनशका उम्मेदवार पुनद्वारा एजेण्डा सार्वजनिक

२०७९ असाेज ३०
tribeni2

रुकुम पश्चिम / आमागी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको चुनावमा रुकुम पश्चिमबाट उम्मेदवार रहनुभएका मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले आफ्नो उम्मेदवारी बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ ।

शनिबार मुसिकोटमा पत्रकार सम्मेलन गरेर उहाँले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गर्नुभएको हो । उहाँले पूर्ण लोकतन्त्र, धर्म निरपेक्षता, प्रान्तिय सरकार, स्वतन्त्रता र भातृत्व, मानव अस्तित्व सहित समानताको लागि आफ्नो उम्मेदवारी परेको जानकारी दिनुभयो ।

संविधानमा मंगोल वर्णको कुनै अस्तित्व नराखिदा आम मंगोलियनहरुको अस्तित्व माथी प्रश्न उब्जेकोले आफूहरुले संविधानमा आर्य मानवसँगै मंगोल मानवको अस्तित्व समावेश गर्नको लागि लागिपरेको उहाँले जानकारी दिनुभयो ।

मंगोल नेशनल अर्गनाईजेशनको कर्णाली प्रदेश इन्चार्ज समेत रहनुभएका उम्मेदवार पुनले भ्रष्टाचारमुक्त र समृद्ध समाजको लागि आफ्नो पार्टी सक्रिय भएको जनाउनुभयो । जननिर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति र प्रदेश मुख्यमन्त्री, असमान सन्धि सम्झौता खारेज, रोजगारको व्यवस्था, आधारभूत आवश्यकताहरुको ग्यारेन्टी, कामको आधारमा जनप्रतिनिधिहरुको सेवा सुविधा लगायतका एजेण्डा सहति आफ्नो पार्टी चुनावमा होमिएको उम्मेदवार पुनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्