Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अमेरिका जाने क्रममा पानामाको समुद्रमा डुङ्गा दुर्घटना, दुई रुकुमेली बेपत्ता

२०७९ असाेज ३०
tribeni2

मध्य अमेरिकाको दक्षिणी क्षेत्रमा रहेको पानामाको समुद्रमा डुङ्गा दुर्घटना भएको छ । डुङ्गा दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ भने तीन नेपाली बेपत्ता भएको बताईएको छ ।

अवैध बाटो मार्फत अमेरिका जान लागेका २५ जना चढेको डुङ्गा दुर्घटना भएको हो । बेपत्ता हुनेहरुमा दुई जना युवा रुकुम पश्चिम र एक जना प्युठानको रहेको जानकारी प्राप्त भएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ का २५ वर्षका प्रदिप खत्री र मुसिकोट नगरपालिका ५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्युठानका काले गिरी दुर्घटनामा परेर बेपत्ता हुनुभएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

अक्टोबर १३ तारिखको राती पानामा देशको राजधानी पानामा शहरस्थित समुद्रमा डुङ्गा दुर्घटना भएको बताईएको छ । दुर्घटनापछि जीवित रहेकाहरुलाई त्यहाँको सेनाले हवाई जहाज मार्फत कोष्टारिका लिएको छ ।

उक्त दुर्घटनामा अन्य के कति क्षति भएको भन्ने बारेमा पुरा विवरण आउन सकेको छैन ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्