Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा पत्रकार सर्जना कार्की सहित किसान र सहकारी सम्मानित

२०७९ असाेज ३०
tribeni2

रुकुम पूर्वका पत्रकार सर्जना सम्मानित हुनुभएको छ । आइतबार ४२ औं विश्व खाद्य दिवसको अवसरमा रुकुमकाेटमा आयाेजना गरिएको एक कार्यक्रमका बिच उहाँलाई सम्मान गरिएको हो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पुर्वको आयोजनामा 'उत्पादन पोषण र वातावरण सुधार, सुखी जीवनको आधार' भन्ने मुल नाराका साथ दिवस रुकुमकोटमा मनाइएको हो ।

कार्कीसँगै सम्मान हुनेहरुमा व्यवासायिक तरकारी उत्पादन तर्फ निशा शाही हमाल, भैसी पालन तर्फ बसन्त मल्ल, मौरी पालनतर्फ मोतिलाल खड्का, बंगुर पालन तर्फ ढोर पुन, बाख्रा पालन तर्फ पदम पुन, लसुन खेती तर्फ विजय वली, भेडा पालन तर्फ धन बहादुर बुढा,स्याउ उत्पादन तर्फ धन बहादुर बुढालाई सम्मान गरिएको छ । यसैगरि भूमे गाउँपालिका वडा नम्बर २ मा रहेको मारिङ सहकारी संस्था पनि सम्मानित भएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतको अध्यक्षता भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख मोहन बहादुर के.सी. र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको बिशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरि कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयका प्रमुख एवम जिल्ला स्थित कृषक, कृषि सहकारी, समूहको उपस्थिती रहेको थियो ।

कार्यालयका अधिकृत खेमराज रोकाएको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्