Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा गठबन्धनका उम्मेदवारको जनभेटघाट तिब्र

२०७९ असाेज ३०
tribeni2

रुकुम पूर्वमा सत्ता गठबन्धन तर्फका उम्मेदवारहरुले चुनावी अभियान अन्तर्गत जनभेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् ।

जस अन्तर्गत गठबन्धनको तर्फबाट प्रदेश सभा ख मा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर केसी (डिवी) ले आज सिस्ने गाउँपालिका वडा नम्वर ६ का विभिन्न ठाउँमा जनभेटघाट तथा चुनाव लक्षित कार्यक्रम गर्नुभएको छ । केसीले सिस्ने गाउँपालिकाबाट चुनावि कार्यक्रम थाल्नुभएकोमा आज वडा नम्वर ६ का विभिन्न टोलमा कार्यक्रम गर्नुभएको हो ।

गठनबन्धनका साझा उम्मेदवार केसीले रुकुम पूर्वको विकासको लागि आफुलाई जिताउन आग्रह गर्नुभएको छ । रुकुम पूर्वको आफ्नो क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको भन्दै केसीले आफु विजय भए पछि विकासमा जोड दिने बताउनुभयो । रुकुम पूर्वको विकासको लागि गठबन्धनले आफुलाई अघि सारेको उहाँले बताउनुभयो ।

आज वडा नम्वर ६ का ढकलबारा, छिप्रिदह लगायत ठाउँमा कार्यक्रम गर्नुभएको हो । पहिलो चरणको कार्यक्रम अन्तरगत उहाँ विभिन्न ठाउँमा पुग्नुहुने छ ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्