Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेताहरु जनताका सेवक हुनुपर्छ : राजकुमार शर्मा

२०७९ असाेज ३०
tribeni2

रुकुम पश्चिम / गठवन्धनको तर्फबाट माओवादी केन्द्रका कर्णाली प्रदेश सभा 'ख' को उम्मेदवार राजकुमार शर्माले आज त्रिबेणी गाउँपालिकाको विभिन्न वडामा चुनाव लक्षित कार्यक्रम गर्नुभएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत शर्माले वडा नम्वर ५ र १ मा कार्यक्रम गर्नुभएको हो ।

आईतबार वडा नम्वर ५ को जिवाङ र वडा नम्वर १ को माथिल्लो रुघाँमा कार्यक्रम सम्पन्न भएको छ । दुवै चुनाबी सभामा बोल्दै उम्मेदवार शर्माले रुकुमको विकास र समृद्धिको लागि गठबन्धनका उम्मेदवारले जित्नै पर्ने बताउनुभयो । जनयुद्ध र जनआन्दोलनमा सहिदले बोकेका सपना माओवादी आन्दोलनले पुरा गरेको बताउदै फेरि पनि धेरै गर्न बाँकी रहेका कामहरु गठनबन्धनका तर्फबाट माओवादीका उम्मेदवारले गर्ने बताउनुभयो ।

देशको परिवर्तनको लागि जनयुद्धमा रुकुमले अग्रमोर्चामा रहेर परिवर्तनको लागि ठुलो त्याग गरेको बताउदै उम्मेदवार शर्माले आफुहरुलाई विजय गराउन आग्रह गर्नुभएको छ । आफुहरु जनताका शासक नभएर जनताको सेवक भएको पनि शर्माले बताउनुभयो ।

त्यस्तै समानुपातिक तर्फका उम्मेदवार मिलन खड्का रोका र भक्कुप्रशाद घर्तीले पनि गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गुर्नभएको छ । कार्यक्रममा उम्मेदवार शर्मा, समानुपातीक तर्फका उम्मेदवार मिलन खड्का रोका, झक्कुप्रसाद घर्ती, माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार परिषद सदस्य मिनबहादुर ओली लगायत नेता तथा कार्यक्रमताको सहभागिता रहेको थियो ।

त्यस्तै प्रदेश सभा 'ख' को त्रिवेणी गाउँपालिकामा भैरहेको पहिलो चरणको निर्वाचन लक्षित कार्यक्रम भोली सकिने छ । प्रदेश सभा 'क' का उम्मेदवार महेन्द्र केसी पनि चुनावि कार्यक्रमको लागि आठविसकोट नगरपालिकाका विभिन्न ठाउँमा पुग्नु भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्