Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता

२०७९ असाेज ३०
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकाले विभिन्न विद्यालयका प्रधानाध्यापकहरुसँग करार सम्झौता गरेको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग करार सम्झौता गरेको जनाएको छ । गाउँपालिकाले आधारभूत तथा माध्यामिक तहका ३२ ओटा सामुदायीक विद्यालयका प्रधानाध्यापकहसँग ९ पेज लामो कार्य सम्पादन करार सम्झौता गरेको हो ।

८ माध्यामिक, २१ आधारभूत र ३ बालविकासमा अध्यापन गराई राखेका प्रअहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले बताए । विद्यालयका प्रअ तथा शिक्षकले तीन चरणमा कार्य सम्पादन गर्न सक्ने गरि सम्झौता गरेका छन ।

गाउँपालिका भित्रका ३९ सामुदायिक विद्यालय रहेका छन् । सम्झौता गर्न नआएका विद्यालयका प्रअसंग पनि सम्झौता गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्