Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा निःशूल्क आँखा शिविर सम्पन्न

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निः शूल्क रुपमा दुई दिने आँखा शिविर सम्पन्न भएको छ ।  नगरपालिकामा असोज २८ र २९ गते शिविर सन्चालन गरिएको थियो ।

उक्त दुई दिने आँखा शिविरमा जम्मा ९३० जनाले सेवा लिएको चौरजहारी नगरपालिका प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो ।

चौरजहारी नगरपालिकाको आयोजना, ग्लोबल मेडिकल फाउन्डेसन अस्ट्रेलियाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल तथा आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा सन्चालन गरिएको थियो ।

९३० जनामध्ये शिविरमा मोतिविन्दु भएका १०३ जनाको अप्रेशन गर्नुका साथै १०७ जनालाई चश्मा वितरण गरिएको छ ।

अप्रेशन गर्न बिरामीहरूको सहजताका लागि नगरपालिकाका पाँच स्थानमा छनोट शिविर सञ्चालन गरिएको थियो । १४ नम्बर वडा कार्यालय, १२ नम्बर स्थित आधारभूत स्वास्थ्य केन्द्र, सहिदस्मृति नगर अस्पताल, कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र र चौरजहारी २ स्थित सेवाकेन्द्रमा छनोट शिविर सन्चालन गरिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्