Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शितलपोखरी बजार परिसर सरसफाई

tribeni2

रुकुम पश्चिम / मुसीकोट नगरपालिकाको ४ मा अवस्थित शितलपोखरी बजार परिसर सरसफाई गरिएको छ ।

सोमवार शितलपोखरी युवा क्लबको आयोजनामा उक्त बजार परिसर सरसफाई गरिएको हो ।

वडा नम्बर ४ का वडा अध्यक्ष निर्मल कुमार पुनको उपस्थितिमा गाउँका बुद्दिजिबी र शितलपोखरीका ब्यबसायीहरुको सहभागिताका साथ युवाहरुले सरसफाई गरेको शितलपोखरी युवा क्लबका अध्यक्ष नविन शर्माले जानकारी दिनुभयो ।

साथै आजै कमला ओलिको अध्यक्षतामा १६ सदस्यीय बजार व्यवस्थापन समिती गठन गरिएको पनि बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्