Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीका ६ हजार ४ सय व्यक्तिको निःशूल्क स्वास्थ्य बिमा

२०७९ असाेज ३१
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले निशुल्क बिमा कार्य सुरुवात गरेको छ । नगरपालिकाले नगरभित्रका ६ हजार चार सय व्यक्तिको निःशूल्क स्वास्थ्य बिमा कार्य सुरु गरेको नगरपालिकाले जनाएको छ ।

नगरभित्रका गरिब, बिपन्न, दलित, अल्पसङख्यक, सहिद परिवार, जनयुद्धका घाइते तथा अपाङ्गता भयका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर उनीहरुको निःशूल्क स्वास्थ्य बिमा गर्न सुरुवात गरेको नगर प्रमुख पुष्प बादीले बताउनुभयो । स्थानीय सरकारले जनताको स्वास्थ्य सेवा सहज र सरल बनाउन गरेको निर्णय थप कार्यान्वयन गर्न थालेको नगरप्रमुख बादीले जानकारी दिनुभयो ।

वडा कार्यालयले गरेको सिफारिसको आधारमा आठौ कार्यपालिका बैठकले एक हजार २८० घरपरिवारको निशुल्क बिमा गर्ने निर्णय गरेको थियो ।

चौरजहारी नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काका अनुसार आईतबारबाट नगरपालिकाका एक हजार २८० घरपरिवारका ६ हजार चार सय जना नागरिकको निःशुल्क स्वास्थ्य बिमा कार्य प्रारम्भ गरिएको छ । नगरभित्र रहेका गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले यो कार्यक्रमको शुभारम्भ गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।

गरिबीका कारण स्वास्थ्य सेवा पाउन बञ्चित भएका परिवारहरुका लागि स्वास्थ्य बिमा कार्यक्रमले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्