Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट ६ का चार कृषि सडक मर्मत

२०७९ असाेज ३१
tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिका वडा नम्बर ६ का चारवटा कृषि सडक मर्मत गरिएको छ । वर्षातका कारण अवरुद्ध भएका सडकहरु मर्मत गरेर सुचारु गरिएको वडा कार्यालयले जनाएको छ ।

वडामा अवस्थित सडकहरु मध्ये सल्लेतारा – पोखरा, सुवाखोलाचौर – कालिमाटी, कानेबाङ – प्रियडाडा र झुल्खेत – माथिल्लो घाघिडाडा सडक मर्मत गरिएको वडा सदस्य अनिल बुढाले बताउनुभयो ।

चाडपर्वलाई लक्षित गरेर वडा कार्यालयले सडक मर्मत सुधार गरेको हो । ग्रामिण सडकहरु सुधार भएपछि खाद्यान्न ढुवानीका साथै अरु कामका लागी सहज हुने भन्दै स्थानीयले खुसि व्यक्त गरेका छन ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्