Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुननिर्माणमा आगामी वर्ष १ खर्ब ५६ अर्ब

काठमाडौं २३ बैशाख ।
tribeni2

आगामी आर्थिक वर्षको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि पुनर्निर्माण प्राधीकरणले १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

प्राधीकरण निर्देशक समिति बैठकमा पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी पञ्च वर्षीय योजना कार्यान्वयनका लागि यसअघि निर्धारीत ९ खर्ब ३८ अर्ब बजेटलाई पुनरावलोकन गरी सरकार एवं दातृ निकायको ६ खर्ब ३० अर्ब बराबरको वित्तीय स्रोत परिचालन गर्ने प्रस्ताव पेश भएको छ ।

प्राधीकरणले चालु आर्थीक वर्षको खर्च २ खर्ब ९१ अर्ब रुपैयाँ हुने अनुमान गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण कार्यले गति लिएको भन्दै बाँकी कार्य सम्पन्न हुने अवधि बजेट परिचालनमा भर पर्ने बताए ।

प्राधिकरणको कार्यकाल अब २० महिना बाँकी छ । प्राधीकरणको आगामी योजनामा प्राधिकरणको पहलमा कम्तिमा ७५ वटा एकीकृत बस्तीहरुको पुनर्निर्माण सम्पन्न गर्ने तथा जोखिमयुक्त बस्तीहरुको संरक्षण गर्ने लगायतका योजनाहरु समेटिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्