Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खाराबाट शान्तीका प्रतिक परेवा उडाएर चुनावी प्रचार सुरु गर्छु : स्वतन्त्र उम्मेदवार तारक केसी

२०७९ असाेज ३१
tribeni2

रुकुम पश्चिम / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका तारक केसीले जिल्लाको ऐतिहासिक स्थान खाराबाट शान्तीका परेवा उडाएर चुनावी प्रचार गर्ने बताउनुभएको छ । खारा विगतको सशस्त्र द्वन्द्वले नराम्ररी पीडा दिएको एक ऐतिहाँसिक ठाउँ भएकोले दिगो शान्ती र समृद्धिको सन्देश सहित चुनावी अभियानमा होमिन लागेको उहाँले जानकारी दिनुभयो ।

सोमबार मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर केसीले आफ्नो उम्मेदवारी शान्ती, विकास, समृद्धि र शुसासनका लागि भएको स्पष्ट पार्नुभयो । दलहरुले दिने फोस्रा नाराबाट जनता आजित भएको बताउनुहुँदै केसीले महंगा नारा र चर्को भाषण भन्दा पनि आफूले दिगो विकास र समान अस्तित्वको लागि उम्मेवारी दिएको उल्लेख गर्नुभयो ।

गलत आश्वासन दिएर पदमा पुगेकाहरुले जनतालाई पटक पटक धोका दिईरहेकोले जनताले त्यसको विकल्प खोजिरहेको उहाँले बताउनुभयो । 'कुनै दल र उम्मेदवारप्रति मेरो टिप्पणी छैन,' केसीले भन्नुभयो, 'जनताको मनमा बस्ने गरी काम गर्ने मन छ, ठुला योजनाहरुको आश्वासन देखाउदिन, काम गरेर देखाउछु ।'


गुणस्तरिय विकास, जल, जमिन र जंगलको समुचित प्रयोग, वातावरण अनुकुलको विकास, माग र आवश्कताको आधारमा विकासे योजना आयोजना आवश्यकता रहेको जनाउनुहुँदै उहाँले कार्यकर्ता रिजाउन गरिने विकासमा आफु नलाग्ने प्रष्ट पार्नुभयो । महत्वपूर्ण आयोजनाहरु लामो समयसम्म अपलत्र परेको उदाहरण दिनुहुँदै उहाँले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिद्युत, कृषि, स्वरोजगार लगायतका क्षेत्रमा आफू दत्तचित्त भएर लागिपर्ने जनाउनुभयो ।

रुकुम पश्चिमबाट केसीसँगै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एमालेका नन्दराम देवकोटा, राप्रपाका दिपककुमार मल्ल, मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुन र स्वतन्त्रबाट राजन पाण्डे प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्