Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हासिबाङमा पोषण प्रदर्शनी

२०७९ असाेज ३१
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ हाँसिबाङमा पोषण प्रदर्शनी कार्यक्रम गरिएको छ । कृषि क्षेत्र विकास कार्यक्रमद्धारा सञ्चालित वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरताको ४० औँ कक्षा समापनका अबसरमा पोषण प्रदर्शनी कार्यक्रम गरिएको हो ।

गत बर्षदेखि सुरु भएको वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कक्षा प्रत्येक हप्ताको एक दिन आज ४० औँ कक्षा समापन भएकाले उक्त कार्यक्रम गरिएको सहजकर्ता अन्जना नकाल ओलीले बताउनुभयो । पोषणमा सुधार ल्याउने उद्धेश्यले ३० सदस्य कैनेखोला कृषक महिला समुहलाई वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कक्षा दिइएको उहाँको भनाई छ ।

पोषण प्रदशनी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला रोका पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै लैंगिक तथा पोषण अधिकृत सन्तोप दुबे, फिल्ड प्राबिधिक सहायक तुल्सी केसी र तुलाराम पुन लगायत स्थानियको सहभागिता रहेको थियो । उ

क्त प्रदशनी कार्यक्रमको संचालन कैनेखोला कृषक महिला समुहकी सचिब एवंम् सहजकर्ता अन्जना नकाल ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्