Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा वाम–लोकतान्त्रिक गठबन्धनको पत्रकार सम्मेलन

२०७९ असाेज ३१
tribeni2

रुकुम पूर्व / आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनमा चुनावी गठबन्धन गरेको सत्ता गठबन्धन दलले रुकुम पूर्वमा सयुक्त पत्रकार सम्मेलन आयोजना गरेको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी एकता र आवश्यकता बारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्ण घर्तीले जिल्लाको एक मात्र विकल्प वाम–लोकतान्त्रिक गठबन्धन रहेको बताउनु भयो । आसन्न निर्वाचनले संविधानका उपलब्धिहरूको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलको जित महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

जनताको त्याग र बलिदानीबाट जारी भएको सङ्घीयता र गणतन्त्रलाई बचाउनुका साथै कार्यान्वयनका लागि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको उहाँले बताउनुभयो । सङ्घीयतालाई बिनाश गर्न तर्फ रचिएको षडयन्त्रलाई गठबन्धनले जोगाउने भन्दै उहाँले रुकुम पूर्वमा पनि एक मात्र विकल्पको रुपमा वाम–लोकतान्त्रिक गठबन्धन रहेको बताउनु भयो ।

पत्रकार सम्मेलनमा गठबन्धको तर्फका प्रदेश सभा क का उम्मेदवार तेजबहादुर ओलीले गणतन्त्रको रक्षा गर्दै समुदाय, वर्ग र लिङ्गको उत्थानका लागि आफू उम्मेदवार बनेको बताउनुभयो । उहाँले पार्टीको निर्णय तथा निर्देशन विपरित गतिविधिले कसैलाई पनि फाइदा नहुने पनि बताउनु भयो । पार्टिभित्र बहस, छलफल गरेरै आएतापनि पार्टी र गठबन्धनको निर्णय विपरित स्वतन्त्र उम्मेदवार बन्नु भएका पार्टीका नेताकार्यकर्तालाई निष्कृय भई राष्ट्रको भावनालाई ध्यानमा राखि गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्न ओलीले आह्वान गर्नुभयो ।

यसैगरी प्रदेश नम्बर २ गठबन्धन दलका उम्मेदवार धनबहादुर केसीले पनि जिल्लाको समग्र विकास अवस्थालाई ध्यानमा राख्दै वाम–लोकतान्त्रिक गठबन्धन चुनाबी मैदानमा होमिएको बताउनुभयो । साथै प्रतिगमन शक्तिलाई पराजित गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धनको आवश्यक भएको केसीको भनाइ रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्