Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा अरिंगालको टोकाईबाट आमाछोरीको मृत्यु

२०७९ कात्तिक १
tribeni2

सल्यान / सल्यानमा अरिंगालको टोकाईबाट आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खेतबाट धान काटेर घर फर्कने क्रममा अकस्मात आएको अरिंगालले तीन जनालाई टोकेको थियो । अरिंगालले टोकी घाइते आमा छोरीको सल्यान श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा ४ वर्षीया प्राप्तीको बाटोमै मृत्यु भएको हो ।

आमाको भने आज बिहान कोहलपुर मेडिकल कलेजमा पु¥याई चेक गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

मृत्तक शोभाका अंकल नाता पर्ने घाइते २१ वर्षीय नविन बस्नेतको श्रीनगरस्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ । मृत्तक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्