नेभिगेशन
राष्ट्रिय

कर्मचारीहरुको प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन

कार्यालय अनुसारको नाम र विवरण हेर्नुहोस्

रुकुम पश्चिम / जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले कर्मचारीहरुको प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गरेको छ । मंगलबार कार्यालयले नामावली प्रकाशन गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले प्रकाशित मतदाता नामावलीमा नाम छुटेको, मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा तीन दिन भित्र प्रमाण सहित प्रमुख नाम दर्ता अधिकारी समक्ष निवेदन दिन सकिने बताउनुभएको छ ।

जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको नामावली प्रकाशन गरिएको हो । सरकारी कर्मचारीहरुले आफू कार्यरत रहेको स्थानबाट प्रतिनिधि सभाको समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

नामावली हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

प्रारम्भिक अस्थायी मतदाता नामावली

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्