रुकुम पूर्वमा प्राकृतिक सम्पदा फुटबल कप उद्घाटन

२०७९ कात्तिक १

रुकुम पूर्व / रुकुम पुर्वमा कमलदह प्राकृतिक सम्पदा फुटबल कप २०७९ उद्घाटन भएको छ । 

कमलदह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा मंगलबार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी मा. बि. को खेल मैदानमा आज उक्त कपको उद्घाटन गरिएको हो । फुटबल कपको सिस्ने गाउपालिका ५ नम्बर वडा अध्यक्ष बिरेन्द्र बस्नेतले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा रुकुम पुर्व र पश्चिमका गरि १३ वटा समुहहरुले भाग लिएका छन । सहभागी मध्य बिजेता समूहले १ लाख नगद सहित कप मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उपबिजेता समुहले ५० हजार सहित कप मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदर्शन गरिएको खेल अनुसार उत्कृष्ट खेलाडी गोलकिपर डिफ्रेन्डर र गोलकर्तालाई कप र मेडल प्रदान गरिने छ ।

मंगलबार उद्घाटन गरिएको प्रतियोगिता बुधबारबाट सुरु हुने आयोजकले जनाएको छ । कमलदह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष समिरजङ्ग शाहको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा सिस्ने ५ का अध्यक्ष बिरेन्द्र बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जिल्ला खेलकुद विकास समितीका पुर्व अध्यक्ष हरि बहादुर थापा र कमलदह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रका संस्थापक अध्यक्ष बल बहादुर शाहिको विशेष आतिथ्यता रहेको थियो ।

केन्द्रका उपाध्यक्ष अरुण कुमार सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिब देव हमालले गर्नु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्