Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा युवाहरुलाई उद्यमशिलता तालिम

२०७९ कात्तिक १
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोटमा युवाहरुको लागि व्यवसायिक उद्यमशिलता तालिम सम्पन्न गरिएको छ ।

नेपाल ख्रीष्टिय राहत सेवाको आयोजना, कभरनेन्ट वल्र्ड रिफिल अमेरीकाको सहयोगमा युवाहरुको लागि ३ दिने तालिम सम्पन्न भएको हो ।

तालिममा युवाहरुको लागि उद्यमशिलताको विषयमा सिकाईएको थियो । युवाहरुलाई व्यवसायीमा लगाउन प्रेरित गर्ने र विभिन्न व्यवसायमा लागेर आर्थिक उर्पाजनमा केन्द्रित गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको नेपाल ख्रीष्टिय राहत सेवाका परियोजना अधिकृत सेतलाल सुनारले जानकारी दिनुभयो ।

३ दिनसम्म चलेको तालिममा नगरपालिकाका सबै वडाको युवाहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।

तालिममा सिडिआरसीले प्रशिक्षकहरुको व्यवस्था गरेको थियो । मंगलबार तालिमम समापनको अवसरमा नगर प्रमुख महेन्द्र केसीले तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्