Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको प्रभाकर माविमा ४६४ जनाको आँखा जाँच

६५ जनाको आँखाको मोतियाबिन्दुको अप्रेशन
२०७९ कात्तिक १
tribeni2

सल्यान / सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको प्रभाकर माविमा दुई दिने नि:शुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न भएको छ ।

शिविरमा ४६४ जनाको आँखा चेकजाँच गरिएको छ । शिविरमै ६५ जनाको आँखाको मोतियाबिन्दुको अप्रेशन गरिएको नेपाल रेडक्रस सोसाइटी बनगाड कुपिण्डेका सभापति पुष्कर विसिले जानकारी दिनु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी बनगाड कुपिण्डे नगरपालिकाको सहजीकरणमा र राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्