Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आजबाट खुल्यो नाका

बाँके २३ बैशाख ।
tribeni2

भारतको लोकसभा चुनावका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनाह नाका आज साँझ ६ बजेदेखि खुलेको छ ।

वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन सीमा क्षेत्रमै रोकिएका थिए ।

भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल हिँडेर आउन दिइए पनि आज निर्वाचनको दिन विहानैदेखि पूर्णरुपमा आवागमन ठप्प थियो ।

आजको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको संयुक्त बैठकले गएको शनिबार साँझ ६ बजेदेखि नाका बन्द गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्