सोसल मिडिया
रुकुम पश्चिम / नेकपा एकिकृत समाजवादी रुकुम पश्चिमले आफ्नो सातौं बैठक सम्पन्न गरेको छ । मंगलबार जिल्ला सदरमुकाम खलंगामा बैठक सम्पन्न भएको हो । उक्त बैठकले चुनाव लक्षित विभिन्न निर्णयहरु गरेको जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
बैठकमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन तयारीका लागि कात्तिक १२ देखि २७ गते सम्म सबै पालिकाका वडामा निर्वाचन लक्षित जनसभा र भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै पार्टीले जिल्लामा आफ्ना समानुपातिक उम्मेदवारको लागी प्रचार सामग्रीको उत्पादन र वितरण गर्ने निर्णय पनि गरेको अध्यक्ष शर्माले बताउनुभयो ।
बैठकले प्रत्यक्ष तर्फ गठबन्धनका उम्मेदवारलाई आ आफ्नो ठाउँबाट सघाउन आफ्ना नेता कार्यकर्तालाई निर्देशन गरेको छ भने पार्टीको जनवर्गीय संगठन जनसांस्कृतिक महासंघको आयोजनामा समाजवादी भैलो खेल्ने निर्णय समेत गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता र सचिव सुरज परियारको सन्चालनमा बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य सेरबहादुर केसीको प्रमुख आतिथ्ता रहेको थियो भने प्रदेश सचिव ठगेन्द्र प्रकास पुरी, जिल्ला इन्चार्ज देवि ओली, सहइन्चार्ज विमलकुमार पुनको आतिथ्यता रहेको थियो ।
पार्टीका जिल्ला उपाध्यक्ष कल्याणी खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।