Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कृषकलाई धान काट्ने चटारो

२०७९ कार्तिक २
tribeni2

रुकुम पश्चिम / चाडपर्वको रौनकसँग कृषकलाई धान काट्ने चटारोले छोएको छ ।

अहिले जिल्लाका विभिन्न क्षेत्रहरुमा कृषकहरु धान काट्नमा व्यस्त रहेका छन । बडा दसैँको बिदाइसँगै र नजिकै आएको तिहारको मुखैमा कृषकहरुलाई धान भित्र्याउन भ्याइ नभ्याए भएको छ ।

मानो रोपेर मुरी भित्र्याउने यो सिजनमा कृषकको लागी चाडपर्वको भन्दा बढी रौनक धान काट्नेमा रहेको देखिन्छ । अहिले जिल्लाको माझ्मी, चौजहारी, खोलागाउँ, छिन्खेत, राडि लगायतका थुप्रै ठाउँहरुमा धान पाकीरहेको छ ।

दशै अघि नै लगातार साता दिनसम्म परेको वर्षातका कारण पाकेको धानबाली काट्न मुश्किल भएको थियो । तर पछिल्लो दिनदेखि मौसम खुलेसँगै कृषक धमाधम धान काट्नमा व्यस्त रहेको सानीभेरी गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

यो सिजनमा धानबाली भित्र्याएपछि करिव वर्षभरीका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको चौरजहारी नगरपालिका १३ का कृषक भोलाप्रसाद शर्माले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्