Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिटिजन लाइफद्वारा बिरामीलाई फलफूल वितरण

२०७९ कात्तिक २
tribeni2

रुकुम पश्चिम / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुसिकोट शाखाले बिरामीहरुलाई फलफूल वितरण गरेको छ । कम्पनीको ५ औ बार्षिकोत्सवको अबसरमा बुधबार जिल्ला अस्पतालमा उपचाररच बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

कम्पनीका शाखा प्रबन्धक कर्मा खड्का गौतमका अनुसार अस्पतालमा रहेको ४० जना बिरामीहरुलाई फलफूल वितरण गरेर बार्षिकोत्सव मनाईएको हो । फलफूल वितरणसँगै बिरामीहरुको स्वास्थ्य लाभको कामना गरिएको उहाँले बताउनुभयोे ।

फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पताल सल्लेका स्वास्थ्य सेवा व्यवस्थापक डा. शुसिल पोखरेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारी, एजेन्सी मेनेजरहरु, सामाजिक अगुवाहरु लगायतको सहभागिता रहेको थियो ।

२०७४ कार्तिक २ गते देखि कारोवार सुरु गरेको सिटिजन लाइफको नवीनतम विशेषताहरु सहित आएको डबल बोनस, दुइगुणा वीमाङ्क सुबिधा, घातक रोग उपचार खर्च र बालबच्चाको उच्च शिक्षाको लागि धेरै रुचाइएका वीमा योजनाहरु रहका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्