Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन

रुकुम पश्चिममा ७६ मतदानस्थल , १३९ मतदान केन्द्र

एक लाख चार हजार २८० मतदाता
२०७९ कात्तिक ३
tribeni2

रुकुम पश्चिम / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागी रुकुम पश्चिममा ७६ मतदान स्थल र १३९ मतदान केन्द्र कायम भएका छन् ।

एक प्रतिनिधि सभा र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख चार हजार २८० मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा ५२ हजार आठ जना र निर्वाचन क्षेत्र ‘ख’ ५२ हजार २७२ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार ६ स्थानीय तह रहेको रुकुम पश्चिममा १३९ वटा मतदान स्थल तय गरिएको छ । जस अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र क ६८ र प्रदेश सभा निर्वाचन क्षेत्र ख ७१ मतदान स्थल रहेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिकामा २७ वटा मतदान केन्द्र रहेका छन् । यहाँ १० हजार ८९१ पुरुष र ९ हजार ७८९ महिला गरि जम्मा २० हजार ६८० मतदाता रहेका छन् । बाँफिकोट गाउँपालिकामा १८ वटा मतदान केन्द्र रहेका छन् । बाँफिकोटमा ६ हजार ९५७ पुरुष र ६ हजार ७४३ महिला गरि १३ हजार सात सय मतदाता रहेका छन् ।

प्रदेश निर्वाचन क्षेत्र 'क' मा पर्ने मुसिकोट नगरपालिकाको १ देखि ११ वडा सम्म २३ मतदान केन्द्र रहेका छन् । यहाँ ८ अजार ५७४ पुरुष र ९ हजार ५४ महिला गरि जम्मा १७ हजार ६२८ मतदाता रहेका छन् ।

यसैगरि प्रदेश सभा क्षेत्र नम्बर 'ख' मा ७१ मतदात केन्द्र रहेका छन् । यहाँ २६ हजार ३१३ जना पुरुष र २५ हजार ९५६ जना महिला गरि जम्मा ५२ हजार २७२ जना मतदाता रहेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिकामा २६ मतदान केन्द्र रहेका छन् । यहाँ ९ हजार ४९८ पुरुष र ९ हजार ४४३ महिला गरि जम्मा १८ हजार ९४१ मतदाता रहेका छन् । त्रिवेणी गाउँपालिकामा २० वटा मतदान केन्द्र रहेका छन् । ७ हजार ७० पुरुष र ७ हजार १६५ महिला गरि जम्मा १४ हजार २३६ मतदाता त्रिवेणीमा रहेका छन् ।

सानीभेरी गाउँपालिकामा १९ वटा मतदान केन्द्र रहेका छन् । यहाँ ७ हजार ३४४ जना पुरुष र ६ हजार ९९८ जना महिला गरि जम्मा १४ हजार ३४२ मतदाता रहेका छन् । त्यसैगरी मुसिकोट नगरपालिकाको १२ देखि १४ गरि ३ वटा वडामा ६ वटा मतदान केन्द्र रहेका छन् । यहाँ २ हजार ४०१ पुरुष र २ हजार ३५२ महिला गरि जम्मा ४ हजार ७५३ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्