Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थापनाको १८ वर्षपछि पत्रकार महासंघ रुकुमको वेभसाईट शुभारम्भ

२०७९ कात्तिक ३
tribeni2

रुकुम पश्चिम / नेपाल पत्रकार महासंघ रुकुम शाखाले आफ्नो वेभ साईट शुभारम्भ गरेको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एक कार्यक्रमका बीच वेभसाई सार्वजनिक गर्नुभएको हो ।

वेभसाईट सार्वजनिक गर्नुहुँदै प्रजिअ घिमिरेले गतिबिधिहरु र सूचनाहरुको नियमित अपडेट हुने अपेक्षा व्यक्त गर्नुभयो । महासंघको वर्तमान कार्यसमितिको सक्रियताको प्रशंसा गर्नुहुँदै उहाँले आम सर्वसाधरणलाई आवश्यक सूचना प्रदानमा पत्रकार महासंघको वेभसाईटले सहयोग पुग्ने बताउनुभयो ।

पत्रकार महासंघको शाखा स्थापनाको १८ वर्षपछि वेभसाईट बनाईएको शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । www.fnjrukum.org मार्फत जिल्लामा पत्रकार महासंघका गतिविधिहरु, सांगठानिक संरचना, कार्यसमिति र सदस्यहरुको विवरण, जिल्लाका पत्रकार र सञ्चार माध्यामहरुको विवरण हेर्न सकिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

यसका साथै महासंघले तयार गरेको मिडिया डाईरक्ट्री समेत वेभसाईटमा रहेकोले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको विवरण, अस्पताल तथा सुरक्षा निकायको विवरण, राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुको विवरण, एम्बुलेन्स, बित्तिय निकाय लगायतको विवरण राखिएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

प्राप्त सल्लाह र सुझावको आधारमा वेभसाईटलाई परिष्कृत गर्दै जाने समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्