Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्वाचन आचारसंहिता बारेमा पत्रकार महासंघले गर्यो अन्तरक्रिया

२०७९ कात्तिक ३
tribeni2

रुकुम पश्चिम / नेपाल पत्रकार महासंघ रुकुम शाखाले निर्वाचन आचारसंहिता बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सभाहलमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनामा सघाउ पुग्ने उद्धेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघ रुकुम शाखाका सचिव हिरा परियारका अनुसार संचारकर्मी, सञ्चार माध्याम र अन्य सरोकारवालाहरुले पालना गर्नुपर्ने आचारसंहिताको जानकारी कार्यक्रममा गराईएको थियो ।

कार्यक्रममा आचारसंहिता अनुगमन अधिकृत बोमलाल पराजुलीले आचारसंहिता र आयोगले गरेका व्यवस्थाहरु बारेमा जानकारी गराउनुभएको थियो । आचारसंहिताको उल्लंघन कहि कतैबाट भएमा दिईने सूचना, कारबाहिको व्यवस्था बारेमा पनि जानकारी गराईएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आचारसंहिता २०७९ को बारेमा पराजुलीले प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले जिज्ञाशा सहित आचारसंहिताको पालनमा प्रतिबद्धता जनाएको पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँले निर्वाचनको बेला निश्पक्ष र सहज रिपोटिंङमा सहजता दिलाउन कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जिल्लामा क्रियाशिल पत्रकारहरु, गैससकर्मीहरु लगायतका उपस्थिति रहेको थियो । रेडियो युनिक एफ.एम. ९७.६ मेघाहर्ज मुसिकोट र आफनो एफ.एम. ९०.४ मेघाहर्ज चौरजहारीको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्