Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वास्थ्य बीमा बोर्ड रुकुम कर्णाली प्रदेशमै उत्कृष्ट

२०७९ कात्तिक ३
tribeni2

रुकुम पश्चिम / स्वास्थ्य बीमा बोर्डको कार्यालय रुकुम पश्चिम उत्कृष्ट भएको छ । कर्णाली प्रदेशमै स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय रुकुम पश्चिम सर्वोत्कृष्ट भएको हो ।

सुर्खेतमा भएको स्वास्थ्य बीमा बोर्डको प्रदेश स्तरिय बार्षिक समीक्षा कार्यक्रममा रुकुम पश्चिमलाई उत्कृष्ट घोषणा गरिएको हो ।

कर्णाली प्रदेश अन्तर्गतका १० जिल्लाको बार्षिक प्रगती मुल्यांकनका आधारमा स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय रुकुम पश्चिम उत्कृष्ट भई पुरस्कार समेत प्राप्त गरेको छ ।

कर्णाली प्रदेश स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बस्यौलाले स्वास्थ्य बीमा बोर्ड रुकुम पश्चिमका जिल्ला संयोजक डेविड रावललाई उत्कृष्ट पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कारले बीमा बोर्डको सिंगो टिमलाई गौरवान्वित बनाएको जिल्ला संयोजक रावलले बताउनुभयो । बोर्डले जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा प्रभावकारी काम गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्