त्रिवेणीको नुवाकोटमा खेलकुद प्रतियोगिता उद्घाटन

भलिबलमा प्रथम हुनेलाई एक लाख एक हजार पुरस्कार
२०७९ कात्तिक ३

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ नुवाकोट डाँडामा विविध खेलकुद तथा सास्कृतिक पाँचपूर्णिमा मेला सुरु भएको छ । बिहिबार त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

द राइजिङ युवा क्लबले उक्त अवसरमा आयोजना गरेको खुल्ला पुरुष भलिबल, लोकदोहोरी र रस्साकस्सी प्रतियोगिता कार्यक्रमको उद्द्घाट्न गरिएको हो ।

क्लबका अध्यक्ष दिपक कुमार रावलले सर्वाधिक पुरस्कार राशि एक लाख एक हजार भएको भलिबल प्रतियोगितामा रुकुम पश्चिम, सल्यान, र रोल्पा जिल्लाबाट गरि २२ वटा समूहले प्रतिस्प्रधाको लागि भाग लिएको बताउनुभयो । भलिबल प्रयोगितामा दोश्रो हुने टिमलाई ५१ हजार र तस्रो हुने टिमलाई ३१ हजार पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

लोकदोहोरी र रस्साकस्सी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाइ क्रमश पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्