Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोट २ मा चार गोरेटो बाटो बनाउन २२ लाख बजेट बिनियोजन

२०७९ कात्तिक ४
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ ले गोरेटो बाटो निर्माण कार्यलाई प्राथमिकता दिएको छ । वडाले यस वर्ष गोरेटो बाटो निर्माण तथा मर्मतका लागि बजेट समेत बिनियोजन गरेको छ ।

वडा क्षेत्र भित्र रहेका चार वटा मुख्य गोरेटो बाटोको लागि २२ लाख बढी रकम बिनियोजन गरेको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको १६ लाख ६७ हजार ६७४ बजेट र वैदेशिक रोजगार विभागबाट ५ लाख ९९ हजार २५० बजेट गरी जम्मा २२ लाख ६६ हजार ९२४ रकम चार वटा बाटोको लागि विनियोजन गरिएको छ ।

उहाँका अनुसार कुनाखेत विद्यालय देखि थारकट्टे विद्यालयसम्म‌ गोरेटो बाटो निर्माणको लागि ५ लाख ९९ हजार २५० रकम विनियोजन गरिएको छ भने स्वाँरा देखि भाटी सम्म गोरेटो बाटो निर्माणको लागि ६ लाख ६७ हजार ६७४ रकम जिवियोजन गरिएको छ । त्यसैगरी दह देखि डाडाईखाली सम्म गोरेटो बाटो निर्माणको लागि पाँच लाख र मुरापाटा, मोख्याडेरा देखि डैडाँडा सम्म गोरेटो बाटो मर्मतको लागि पाँच लाख रकम बिनियोजन गर्ने निर्णय भएको छ ।

प्राप्त उक्त वजेट सामान खरिदमा लगाउन नमिल्ने भएकोले गोरेटो बाटोको निर्माणलाई प्राथमिकता दिएको हो । यो बजेटले कतै नयाँ बाटो सञ्चालनमा आउने र कतै पुरानो बाटोलाई मर्मत हुने जनाईएको छ ।

उपभोक्ता समिति निर्माण गरेर तत्काल कामको सम्झौता गरिने र माघ मसान्त सम्म काम सम्पन्न गरिने वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्