Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माछिमीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते

२०७९ कात्तिक ४
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ माछिमीमा मोटरसाईकल दुर्घटना भएको छ ।

शुक्रबार बिहान ११ बजेको समयमा रा प ५ १८४४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा आठबिसकोट नगरपालिका ९ निवासी ३३ बर्षिय तेजबहादुर मल्ल र सोहि ठाउँका ३२ वर्षिय रमेश शाहि घाईते हुनुभएको हो ।

आठबिसकोटबाट जिल्ला सदरमुकाम आउँदै गर्दा माछिमी गाउँको मोडनेर मोटरसाईकल दुर्घटना भएको हो । तिब्र गतिको कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा रहनुभएका मुसिकोट नगरपालिका वडा नम्वर ३ का पूर्व वडा अध्यक्ष भिमबहादुुर खड्काका अनुसार घाईते मध्य मल्लको हात भाँचिएको छ भने अनुहारमा समेत चोट लागेको छ । अर्का घाईते शाहीको भने अवस्था सामान्य रहेको छ ।

स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएर अस्पताल लैजाने तयारी गरिरहेको खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्