Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका २१ मतदानस्थल अति संवेदनशील, ४३ संवेदनशील

मतदान केन्द्रको संवेदनशीलता वर्गीकरण
२०७९ कात्तिक ४
tribeni2

रुकुम पश्चिम / स्थानीय प्रशासनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा तय भएका मतदानस्थलहरुको सुरक्षा संवेदनशीलता वर्गीकरण गरेको छ । जिल्लाका ७६ वटा मतदानस्थलहरुलाई तीन भागमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार निर्वाचनका लागि सुरक्षाको दृष्टिकोणले मतदानस्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा विभाजन गरिएको छ । जसअनुसार २१ वटा मतदानस्थल अति संवेदनशील, ४३ वटा संवेदनशील र १२ वटा सामान्य रहेका छन् ।

प्रजिअ घिमिरेका अनुसार जिल्लामा सडकको पहुँच, दुर्गम, सञ्चार सम्पर्क, सुरक्षाको दृष्टिकोणले दुरी, विगतको चुनावमा भएको झडप, राजनैतिक गतिविधिहरुको प्रतिश्पर्धा, पूर्वाधारको अवस्था लगायतको आधारमा संवेदनशीलता बर्गीकरण गरिएको हो । २१ वटा मतदानस्थल भने सडकको पहुँच नभएका, दुर्गम, सुरक्षा वेश देखि टाढाको दुरी, विगतको चुनावी गतिविधि लगायतको कारणले अति संवेदनशील मानिएको हो । जिल्लाको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी अति संवेदनशील मतदान केन्द्र रहेका छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको लागि १९ वटा अति संवेदनशील, ४५ वटा संवेदनशील र १२ वटा सामान्य मतदान केन्द्र निर्धारण गरिएको थियो । यिनै केन्द्र मध्य दुई वटा संवेदनशील मतदान केन्द्रलाई अति संवेदनशीलमा थप गरेर राखिएको हो ।

रुकुम पश्चिमका ६ स्थानीय तहमा ७६ मतदानस्थल र १३९ मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्