Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बुवाआमाको सम्झनामा मुसिकोट क्याम्पसमा सरस्वतीको मन्दिर निर्माण

२०७९ कात्तिक ५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट १ मा रहेको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा सरस्वतीको मन्दिर निर्माण गरिएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका १ सालघारी निवासी स्वर्गीय कालिबहादुर खत्री (तारादल) र स्वर्गीय दुर्गा खत्रीको स्मृतिमा क्याम्पस परिसरमा मन्दिर निर्माण गरिएको हो । स्वर्गीय खत्रीद्वयको स्मृतिमा उहाँका छोरा, बुहारी, छोरी र ज्वाईले मन्दिर स्थापना गर्नुभएको हो ।

क्याम्पस प्रांगनमा निर्माण गरिएको सरस्वती मन्दिरको शनिबार एक कार्यक्रमका बीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र मुसिकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख बुद्धिप्रसाद गौतमले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

बुवा र आमाको स्मृतिमा चार लाख ३० हजार रकम खर्च गरेर क्याम्पस परिसरमा सरस्वतीको मन्दिर बनाईएको छोरा लोकबहादुर केसीले जानकारी दिनुभयो ।

छोराहरु लोकबहादुर केसी, बीरबहादुर केसी र नारायण केसी, बुहारीहरु अंगीता केसी, जुना शाह (केसी) र कविता केसी, छोरीहरु निर्मला केसी (बुढा) र सुमित्रा केसी (पुन) र छोरीजुवाईहरु स्व. जयबहादुर बुढा र जोगेन्द्र पुनले क्याम्पस प्रांगनमा मन्दिर निर्माण गर्नुभएको हो ।

उहाँहरुका पिता कालिबहादुर खत्रीको २०७६ माघ ९ गते र माता दुर्गा खत्रीको २०६६ असोज १७ गते निधन भएको थियो ।

मुसिकोट खलंगा बहुमुखी क्याम्पसको ४२ औं बार्षिकोत्सवको अवसरमा स्वर्गीय माता र पिताको सम्झनामा मन्दिर निर्माण गरेर हस्तान्तरण गरेको भन्दै क्याम्पसले निर्माणकर्ताहरुलाई सम्मान समेत गरेको छ । क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमले उहाहरणीय कार्य गरेर क्याम्पसको विकासमा योगदान गरेको भन्दै सम्मान गरिएको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्