नेभिगेशन
कला/संस्कृती/धर्म

गृह जिल्ला पुगेर देउसीमा नाच्दै अर्थमन्त्री शर्मा

रुकुम पश्चिम / अर्थमन्त्री जनार्दन शर्मा गृह जिल्ला रुकुम पश्चिम पुगेर देउसीभैलीको कार्यक्रममा सहभागी हुनुभएको छ ।

सोमबार बिहान जिल्लाको चौरजहारी नगरपालिमा जनसाँस्कृतिक महासंघ चौरजहारीले आयोजना गरेको भैली प्रर्दशन कार्यक्रमको उद्घाटन गर्नुहुदै अर्थमन्त्री शर्माले सहभागीहरु बीचमा नृत्य समेत प्रस्तुत गर्नुभएको छ ।

आयोजक जनसाँस्कृतिक महासंघका प्रमुख एलबी कटुवालका अनुसार अर्थमन्त्री समेतको सहभागीतामा चौरजहारी नगरपालिका कार्यालयबाट भैलीको सुरुवात गरिएको छ । देउसीभैलीको सुरुवातमा राखिएको मयुर नाचमा अर्थमन्त्री समेत नाचेर सहभागीता जनाएको कटुवालले जानकारी दिनुभयो ।

नगरपालिकाबाट सुरु गरिएको भैली जुम्लिपोखरी, जोगिनेटा, तिमिले हुँदै कार्तिक ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्