Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरकारका कमजोरीहरुको आलोचना र खबरदारी गर्ने अधिकार जनतालाई छ : अर्थमन्त्री शर्मा

'संघीयता र संविधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धन'
२०७९ कात्तिक ७
tribeni2

रुकुम पश्चिम / अर्थमन्त्री जनार्दन शर्माले जनतालाई सरकारको कमीकमजोरीहरुको आलोचना र खबरदारी गर्ने अधिकार रहेको बताउनुभएको छ ।

सोमबार रुकुम पश्चिमको चौरजहारीमा तिहारको अवसरमा जनसाँस्कृतिक महासंघ चौरजहारीले आयोजना गरेको देउसीभैलो प्रदर्शन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री शर्माले जनताले चुनेका प्रतिनिधिहरुको कामको जनताले सहि मूल्यांकन गर्नुपर्ने जनाउनुभयो ।

नेकपा माओवादी केन्द्रमा उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री शर्माले रुकुम पश्चिममा माओवादीले सामाजिक, साँस्कृतिक रुपान्तरण अभियान र आर्थिक उत्पादन तथा समृद्धिको अभियान मार्फत विकासका योजना बनाएर कार्य गरिरहेको बताउनुभयो । जनता माझ यी दुई अभियान लिएर जान समेत उहाँले जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो ।

कोरोनाका कारण जिल्लाको चौरजहारीमा चल्ल नसकेको बीउ प्रशोधन उद्योग, दाना उद्योग, टिस्यु कल्चर लगायतका उद्योगको काम अब तिब्र रुपमा चल्ने जानकारी गराउनुहुँदै उहाँले युवाहरुलाई स्वरोगार बनाउन, जल जमिन, जडिबुटीकोको प्रयोग मार्फत लाभ लिन, उत्पादनका काममा जोडिन आग्रह गर्नुभयो । माओवादी नेतृत्वमा रहेका स्थानीय सरकारलाई पार्टीको निर्देशन र अन्य दलहरुको समन्वय तथा सहकार्यमा काम गर्न समेत शर्माले निर्देशन दिनुभयो ।

आठ वर्ष देखि बन्द अवस्थामा रहेको चौरजहारी विमानस्थल बारे अर्थमन्त्री शर्माले एर्पोट विस्तार गरेर ठुलो जहाज आउने योजना बनाईएको बताउनुभयो । त्यसको लागि आफूले केन्द्रिय स्तरमा बजेटको व्यवस्था गर्ने र स्थानीय स्तरमा जनताले साथ दिनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । स्थानीय सरकारका उदाहरणीय कामहरुबाट प्रभावित भएर बजेट बनाएकोले जनताको समृद्धिको योजना सफल बनाउन सबै एकमत हुन जरुरी रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे बोल्नुहुँदै शर्माले संघीयता र संविधानको रक्षा गर्ने दिशाबाट बाम लोकतान्त्रिक गठबन्धन चलेको बताउनुभयो । ‘हामी जनतासँग गरेको बाचााट बिचलित नभएर लागिपरेका छौ,’ शर्माले भन्नुभयो, ‘सबै मिलेर गठबन्धनलाई सफल पारौं ।’

जिल्लामा पूर्वाधार निर्माणका विभिन्न कार्यहरु अगाडि बढेकोले त्यसको दिगोपना र गुणस्तरियता कायम गर्न आवश्यक रहेको उहाँले जनाउनुभयो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्