Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महतमा गोरु जुधाई प्रतियोगिता सम्पन्न

२०७९ कात्तिक ८
tribeni2

रुकुम पूर्व / हरेक वर्ष लक्ष्मी पुजाको दिनमा संचालन गरिने गोरु जुधाई प्रतियोगिता यस वर्ष पनि रुकुम पूर्वको महतमा सम्पन्न गरिएको छ ।

रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पुजाको दिनमा उक्त प्रतियोगिता संचालन गरिन्छ ।

गाउँ खरदारी समितिको आयोजनमा संचालन गरिएको गोरु जुधाई प्रतियोगिताामा स्थानीय मनकुमार बुढाको गोरु प्रथम भएको आयोजक समितिका अध्यक्ष दलराज बुढाले जानकारी दिनुभयो । प्रतियोगितामा राज बुढाको गोरु दोस्रो र कमल बुढाको गोरु तेस्रो भएको गाउँ खरदारी समितिले जनाएको छ ।

गाउँका बलिया गोरुहरुको छनोट गरी यो प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा जम्मा ८ वटा गोरुहरु बीच प्रतिस्पर्धा गराईएको अध्यक्ष बुढाले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल गोरुका मालिकलाई चार हजार ५००, तीन हजार ५०० र दुई हजार ५०० रुपिँया पुरस्कार प्रदान गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

वर्षाको सिजनमा लेक तिर उकालिएका गोरुहरुलाई दशै तिहारमा गाउँतिर झार्ने र वर्षामासमा कसले गोरुको राम्रो रेखदेख ग¥यो भनेर थाहा पाउने उद्धेश्यका उक्त प्रतियोगिता संचालन गर्ने चलन रहेको स्थानीय चेतन खाम मगरले बताउनुभयो ।

जसको गोरु प्रतियोगिता प्रतियोगितामा प्रथम स्थान हासिल गर्छन्, त्यस गोरुका मालिकलाई आयोजकले पैसाको माला लगाई गाजाबाजा सहित घरसम्म पु¥याउने परम्परा रहेको छ । त्यसका साथै सोहि टिम सहित स्थानीयहरु जम्मा भई नजिकैको चौतारामा गएर नाचगान गर्ने प्रचलन रहेको छ । जिल्लामा महत गाउँमा मात्र उक्त परम्परा चलि आएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्