Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा पोखरीमा डुबेर एक जनाको मृत्यु

२०७९ कात्तिक ८
tribeni2

सल्यान / सल्यानमा एक जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ मैदेपाखेरी निवासी अन्दाजी ४४ बर्षका तिलाराम बि.क.को मैदेपोखरीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार दिउँसो १ बजे घरबाट करिब ३०० मिटर टाढा रहेको मैदेपाखेरीमा पौडि खेल्ने क्रममा बि.क. बेपत्ता भएका थिए । बेपत्ता भएको तीन घण्टापछि बि.क.को शव पोखरीबाट निकालिएको थियो ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका र्‍याफ्टिङ बोर्डको सहयोगमा प्रहरी र स्थानीय दिपक यरी, शकर यरि, निम प्रसाद बुढा, सन्तोष वली, राजन यरि र मेदन बुढाको टिमले शव निकालेको थियो ।

स्थानीयका अनुसार बि.क. मानसिक समस्यामा हुनुहुन्थ्यो । मैदीपोखरीमा पौडी खेल्ने क्रममा डुबि बेपत्ता भएको भनि स्थानीय प्रमेश के.सी.ले प्रहरीलाई खबर गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्