सुरु भयो रमजान

काठमाडौं २४ बैशाख ।

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान सुरु भएको छ । एक महिना चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन् ।

बिहान ३ः४० बजेबाट बेलुका ६ः४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिने मुस्लिम समाज नेपालका केन्द्रीय सदस्य सोहेब मोहम्मदले जानकारी दिए ।

यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना नवौँ महिना हो ।

रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्