Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा फुटबल जितेर पिकनिक खान गएका एक युवाको भेरीमा डुबेर मृत्यु, एकजना बेपत्ता

सँगै डुबेका एक जनाको जीवितै उद्धार
२०७९ कात्तिक ८
tribeni2

जाजरकोट / भेरि नदिमा डुबेर जाजरकोटमा एक युवाको ज्यान गएको छ भने एक युवा बेपत्ता भएका छन् ।

जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका भेरी नगरपालिका ४ का २० वर्षिय रोशन खड्काको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ का २६ वर्षिय विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् ।

उनीहरुसँगै भेरी नदिमा डुबेका एक जनालाई जीवितै उद्धार गरिएको छ । नदीमा डुबेका बिरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । उनका साथीहरुले उद्धार गरेका हुन् । रोशन र विरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका बिक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

तिहारको अवसरमा जाजरकोटको सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा पिकनिक (भोज) को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेका र बेपत्ताको खाजी तथा उद्धारका लागि तत्काल नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थल पठाईएको प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्