Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमको मुसिकोटका एक युवाको भारतमा मृत्यु

२०७९ कात्तिक ८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका एक युवाको भारतमा मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १२ नयाँगाउँका लिलाध्वज खड्काको भारतको गुवामा मृत्यु भएको हो ।

रोजगारीको सिलसिलामा गुवा भन्ने ठाउँमा खड्काको दुर्घटनामा परेर मृत्यु भएको मुसिकोट नगरपालिका १२ का वडा अध्यक्ष धिरण शिर्पालीले जानकारी दिनुभयो । सोमबार बेलुका ६ बजेतिर मोटरसाईकलले खड्कालाई ठक्कर दिएको थियो ।

पैदल हिडिरहेको बेला मोटरसाईकलको ठक्करको कारण खड्काको मुत्यु भएको खबर प्राप्त भएको वडा अध्यक्ष शिर्पालीले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्